News मैत्रीपुर्ण खेलमा इङल्याण्ड सी सँग नेपाल पराजित
गोलनेपाल

काठमाडौं । मैत्रीपुर्ण फुटबल म्याचका लागि इङल्याण्ड पुगेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले सोमबार घरेलु टोलीसँग पराजय बेहोरेको छ ।

एक मात्र मैत्रीपूर्ण फुटबल म्याच खेल्न इङल्याण्ड पुगेको नेपालले घरेलु टोली इङल्याण्ड सी सँग एल्डरशटमा भएको खेलमा शून्यका विरुद्ध २ गोलको हार बेहोरेको हो । पहिलो हाफ मै खाएको दुई गोल नै नेपालको हारको कारक बन्यो ।

स्मरण रहोस, नेपालले इङल्याण्ड सी सँग खेल्नु अघि बृटिश आर्मीसँग पनि एउटा अभ्यास म्याच खेलेको थियो । जुन खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।

Post Comments