
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा सञ्चालन हुने एन्फा एकेडेमीका लागि यु–१३ छात्र तथा छात्रा फुटबल खेलाडी छनौट कार्यक्रम सम्पन्न भएको छ । एन्फाले आफू मातहतका जिल्ला र प्रदेश फुटबल संघहरुमा विभिन्न मितिहरुमा छनौट कार्यक्रम सञ्चालन गरेको थियो ।
जिल्ला र प्रदेशस्तरीय छनौट कार्यक्रमपश्चात अन्तिम चरणको छनौट कार्यक्रम च्यासल स्टेडियममा भएको थियो । जसअन्तर्गत छात्रतर्फ कुल ७५ र छात्रातर्फ २५ खेलाडीहरु एनफा एकेडेमीका लागि छनौट भएका हुन् ।
एन्फाले छनौट भएका छात्र खेलाडीहरुलाई काठमाडौंसँगै धरान र बुटवलमा रहेको एन्फा एकेडेमीमा राख्नेछ भने छात्रा खेलाडीहरुलाई रौतहटमा रहेको महिला फुटबल एकेडेमीमा राख्नेछ । छनौट भएका खेलाडीहरुले निःशुल्क आवास, अध्ययनसँगै दक्ष प्रशिक्षकद्वारा फुटबल प्रशिक्षण लिन पाउने छन् ।
एन्फा एकेडेमी सञ्चालनबाट आउने दिनहरुमा राष्ट्रका लागि क्षमता र उत्कृष्ट खेलाडीहरु उत्पादन गर्ने लक्ष्य एन्फाले लिएको छ ।
एन्फा एकेडेमीका लागि छनौटमा परेका छात्र खेलाडीहरुको नामावली
एन्फा एकेडेमीका लागि छनौटमा परेका छात्रा खेलाडीहरुको नामावली
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न