News
साविक विजेता साउदी विरुद्ध उज्वेकिस्तानको बदला
काठमाडौं (एजेन्सी) । एएफसी यु–२३ एसियन कपतर्फ डिफेन्डिङ च्याम्पियन साउदी अरेबिया क्वाटरफाइनलबाटै बाहिरिएको छ । तेस्रो क्वाटरफाइनलतर्फ साउदीले गत संस्करणको उपविजेता उज्वेकिस्तानसँग ०–२ को हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको हो ।
रोचक कुरा त, गत संस्करणको फाइनलमा साउदीले उज्वेकिस्तानमाथि समान २–० को जित निकाल्दै उपाधि जितेको थियो ।
त्यस्तै प्रतियोगिताको चौथो क्वाटरफाइनलमा इराकले भियतनाममाथि १–० को जित निकाल्दै सेमिफाइनल यात्रा तय गर्यो । साथै यी दुई खेलको नतिजासँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ ।
सोमबार हुने पहिलो सेमिफाइनलमा इण्डोनेसियाले उज्वेकिस्तानको सामना गर्नेछ भने सोही दिन हुने दोस्रो सेमिफाइनलमा इराकले बलियो जापानसँग पतिस्पर्धा गर्नेछ ।
Post Comments
Related News
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट