काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारकिा कारण नेपालको खेलकुद नै ठप्प भइरहेका बेला केही फुटबल खेलाडीहरुले मिलेर वेब सिरिजमा अभिनय शुरु गरेका छन् ।
सिरिजमा कोभिड–१९ का कारण खेलकुद गतिविधी नहुँदा फुटबल खेलाडी तथा उनीहरुको परिवारले भोग्नुपरेको समस्या र दैनिकीबारे अभिनयमार्फत देखाइएको छ ।
साथै यो कठिन परिस्थतिमा खेलाडीहरुले आफ्नो दैनिकी चलाउन तथा आर्थिक जोहो गर्न के कस्तो उपाय र काम अवलम्बन गर्छन् त्यसबारे पनि अभिनय मार्फत देखाइएको छ ।
सिरिजको उल्लेखनीय पक्ष भनेकै यसमा अधिकांश फुटबल खेलाडीहरुले नै अभिनय गरेका छन् । सनिल लामा–जितेन्द्र कार्कीको निर्माण तथा मनाश्रीको निर्देशन रहेको यो वेब सिरिजमा कमल श्रेष्ठ, रवि सिलवाल, राजु नगरकोटी, आशिक थापा मगर जस्ता फुटबल खेलाडीहरुको अभियन पनि रहेको छ ।
साथै सिरिजको पहिलो इपिसोडमा नेपाल मै रहेर व्यवसायीक फुटबल खेलिरहेका अफ्रिकी खेलाडीद्वय फ्लोरेन्ट कोआरा तथा सुगन तण्डुकार, समिर तण्डुकार, सरीता भुजेल, सेबिता अधिकारी, दिकेश खड्गी लगायतको पनि अभिनय रहेको छ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै