बुटवल । उत्कृष्ट जित हात पार्दै गोर्खा ब्वाईज स्पोर्टस क्लब, बुटवल यहाँ जारी सातौं भूपू सैनिक कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको अन्तिम प्रिक्वाटरफाइनलतर्फ गोर्खा ब्वाईजले देवीनगर युवा क्लब, देवीनगरलाई ४–१ ले हराउँदै क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको हो । बुटवल–१३ सालघारी स्थित जवई खेलमैदानमा भएको खेलमा अनुप बुढा, अनुज गैरे, बिकास थापा र उमेश थापाले गोल गरे ।
पराजित देवीनगरका लागि रबिन थापाले एक मात्र गोल फर्काए । खेलमा देवीनगरले दोस्रो गोल फर्काउने अवसर पनि पाएको थियो । निर्धारित समयतर्फ पाएको पेनाल्टीलाई देवीनगरका अनुप गुरुङले पोष्ट बाहिर प्रहार गर्दा चुकचुकाउनु पर्यो ।
खेलमा गोर्खा ब्वाईजका अनुप बुढा म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत चैत २४ गते शनिबारको पहिलो क्वाटरफाइनल खेल सौभाग्य युवा क्लब, दिपनगर र समपुर्ण युवा क्लब, सुपौली बीच हुने खेल संयोजक प्रताप रानाले जानकारी दिए ।
भूपू सैनिक जवई स्र्पोटिङ क्लब, बुटवल–१३, सालघारी, बेलबासको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१११ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल आउँदो बैशाख १ गतेका दिन हुनेछ ।

- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने