News
बिबेक निर्णायक बन्दा पुलिस फाइनलमा
कपिलवस्तु । विभागीय टोली नेपाल पुलिस क्लब यहाँ जारी कपिलवस्तु तिलौराकोट गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा पुलिसले थ्रीस्टार क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधि नजिक पुगेको हो ।
बुद्ध रंगशालामा भएको खेलमा पुलिसका लागि बिबेक पाण्डेले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो । पुलिसले अब चैत २२ गते बिहीबार हुने दोस्रो सेमिफाइनलतर्फ सुदुरपश्चिम–११ र हानामी बिएफसी, चितवन बीचको विजेतासँग २४ गते फाइनल खेल्नेछ ।
कपिलवस्तु जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५,५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ ।
Post Comments