
काठमाडौं । फिफा विश्वकप र एएफसी एसियन कप छनौटतर्फ बहराइन विरुद्धको दुई होम एण्ड अवे म्याच खेल्न बहराइन पुगेको नेपालले दुवै खेलमा हार बेहोरेको छ । पहिलो लेगको खेलमा बहराइनसँग ५–० ले पराजित भएको नेपालले दोस्रो लेगमा ३–० को हार बेहोर्यो ।
रिफा शहर स्थित बहराइन नेशनल स्टेडियममा भएको दोस्रो लेगको अवे खेलमा नेपालले पहिलो हाफ मै तीन गोल खायो । र, त्यही तीन गोल खेलको अन्तिम नतिजा बन्यो । खेलको सातौं मिनट मै सयद बकिरले बहराइनका लागि पहिलो गोल गरेका थिए ।
खेलको १८औं मिनटमा अब्दुल्ला युसुफ हिलालले पेनाल्टीमार्फत दोस्रो गोल थपे भने ३६औं मिनटमा कमिल अल असवदले तेस्रो गोल गर्दै नेपाल विरुद्ध घरेलु टोलीको जित पक्का गरे । नेपाल र बहराइन दुवैले समूह चरणको आफ्नो अन्तिम दुई खेलहरु आगामी जुन महिनामा युएई र यमनसँग खेल्ने कार्यक्रम छ ।
मंगलबार नै अबेर राती सम्पन्न नेपाल कै समूह एचतर्फ युएईले यमनमाथि समान ३–० को जित निकाल्यो । यो नतिजापछि ४ खेलबाट शतप्रतिशत जितका साथ युएई १२ अंकसहित शिर्ष स्थानमा छ । ९ अंक जोडेको बहराइन दोस्रो स्थानमा छ भने ३ अंकसहित यमन तेस्रो स्थानमा छ । अंकविहीन नेपाल भने पुछारमा छ ।
- एएफसी महिला एसियन कप छ्नौट शुरु, मंगोलिया विरुद्ध भारतको गोलवर्षा
- क्लब विश्वकपः रिभर प्लेटको जित, इन्टर मिलान र डर्टमुन्ड रोकिए
- एसियाबाट फिफा विश्वकपमा सोझै छनौट हुने अष्ट्रेलिया अन्तिम टोली
- लाओससँग पहिलोपटक हार्यो नेपाल, एसियन कप छनौटको यात्रा पनि कठिन
- एसियन कप छनौट: टिमोर लिस्टेसँग माल्दिभ्स स्तब्ध