News
अन्तर वडास्तरीय वडा अध्यक्ष कपको तयारी पूरा (खेलतालिकासहित)

हेटौडा । शुक्रबारदेखि शुरु हुन गईरहेको अन्तर वडास्तरीय वडा नम्बर १५ वडा अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । गौरीटार रंगशालामा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ ।
उद्घाटन खेलमा वडा नम्बर १५ र वडा नम्बर १ भिड्ने आयोजकले जानकारी दियो । कुल १९ वडाका फुटबल टिमहरु सहभागि रहने प्रतियोगिताको फाइनल खेल यही चैत १८ गतेका दिन हुने खेलतालिकामा उल्लेख छ ।
वडास्तरबाटै राम्रो स्थानीय खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष सुनिल मोक्तानले बताए ।
हेटौडा उपमहानगरपालिका १५ नम्बर वडा खेलकुद विकास समितिको आयोजनामा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ ।
Post Comments