News
माछापोखरी हिटी गोल्डकपः मरिक र माछापोखरी बीचको खेल रोकियो

आठराई त्रिवेणी । यहाँ जारी प्रथम माछापोखरी हिटी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेल रोमाञ्चक बराबरीमा पुगेर रोकिएको छ । मरिक फुटबल क्लब र आयोजक माछापोखरी हिटी क्लब बीचको खेल ३–३ को रोमाञ्चक बराबरीमा खराब प्रकाशका कारण रोकिएको हो ।
आयोजकका अनुसार रोकिएको खेल बिहीबार खेलाइनेछ । साथै बिहीबार नै प्रतियोगिताको चौथो क्वाटरफाइनल खेल पनि हुने आयोजकले जानकारी दियो । जस अनुसार साम्दु फुटबल क्लब र डाँडाबजार फुटबल क्लब अन्तिम क्वाटरफाइनलमा भिड्ने छन् ।
चाँगे माछापोखरी हिटी क्लब, आठराई त्रिवेणी–५, चाँगे, ताप्लेजुङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख २० हजार हात पार्नेछ । फाइनल खेल चैत ११ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको उपाधि सिसास खोक्लिङलाई
- प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको उपाधिका लागि सिसास खोक्लिङ र ढुंगेसाघु भिड्ने
- ताप्लेजुङ: प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको सेमिफाइनल समिकरण पूरा
- सिसास खोक्लिङ प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको सेमिफाइनलमा
- ताप्लेजुङको थलङमा प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कप शुरू