
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्रिपुरेश्वरस्थित नेपालको एक मात्र राष्ट्रिय रंगशालाका रुपमा रहेको दशरथ रंगशालाको खेल मैदान आफैले संरक्षण गर्ने भएको छ ।
राखेप मातहत रहेको दशरथ रंगशालाको खेल मैदान विगत लामो समयदेखि अखिल नेपाल फुटबल संघले मर्मत सम्भार तथा संरक्षण गर्दै आएकोमा मैदानको गुणस्तर र स्तरोन्नतीमा सन्तोषजनक कार्य नभएकोले अब उप्रान्त राखेप आफैले संरक्षण गर्ने भएको हो । संरक्षण गर्ने प्रारम्भिक कार्य मंगलबारदेखि नै सुरु भएको छ ।
राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को परिच्छेदको नियम २० को उपनियम (३) मा पनि राखेप मातहतका भौतिक पूर्वाधारहरुको संरक्षण र सम्वद्र्धन राखेपले नै गर्ने भनी उल्लेख छ । उक्त खेल मैदानको संरक्षण गर्न दैनिक आवयश्क पर्ने जनशक्तिको पनि राखेपले व्यवस्था गरिसकेको छ ।
स्मरण रहोस, विश्वकप छनौटतर्फ नेपालले घरेलु मैदानमा खेल्ने भनिएको बहराईन विरुद्धको खेल राम्रो मैदान नभए कै कारण दशरथ रंगशालाबाट बहराईन कै घरेलु मैदानमा सारिएको थियो । नेपालले बहराईनसँग यही मार्च २१ तारीख बिहीबारका दिन विश्वकप छनौटको खेल खेल्दैछ ।
- महिला टोलीका मुख्य प्रशिक्षक प्याट्रिकको गुनासोः “एन्फालाई योजना भन्दा राजनीतिमा बढी रुची”
- फ्रेण्डसको एकतर्फी जित, मनाङको लय जारी, शेर्पालाई सफलता
- नेपाली महिला टोली स्वदेश फिर्ता, प्रशिक्षक विल्डे स्वदेश फर्किए
- युथ लिगः संकटा, मच्छिन्द्र र पुलिसको जित
- एन्फा यु-१६ युथ लिग शुरु, मनाङ र आर्मीको विजयी शुरुवात