काठमाडौं । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको नेतृत्वमा रहेको राष्ट्रिय फुटबल टोली बुधबार मैत्रीपूर्ण अभ्यास म्याचका लागि मलेसियातर्फ प्रस्थान गरेको छ । नेपालले मलेसियासँग यही मार्च १५ तारीखका दिन मैत्रीपूर्ण अभ्यास खेल खेल्दैछ ।
त्यसपछि टोली बहराईनतर्फ उड्नेछ । नेपालले बहराईनमा फिफा विश्वकप र एएफसी एसियन कपको छनौट खेलहरु अन्तर्गत बहराईनसँग उसकै घरेलु मैदानमा दुई होम एण्ड अवे म्याच खेल्नेछ । जुन खेलहरु यही मार्च २१ र २७ तारीखका दिन हुनेछ ।
नेपालको फाइनल स्क्वाडः
गोलकिपर्सः किरन कुमार लिम्बु, अभिषेक बराल, बिशाल सुनार
डिफेन्डर्सः अभिषेक लिम्बु, सनिस श्रेष्ठ, अनन्त तामाङ, छिरिङ लामा, सुमित श्रेष्ठ, अजय चौधरी, सौभाग्य राई
मिडफिल्डर्सः भरत खवास, बिशाल बस्नेत, लाकेन लिम्बु, मणि कुमार लामा, मनिष डाँगी, रोहन कार्की, उत्सव राई
फरवार्डसः अन्जन बिष्ट, दिनेश हेन्जन, हिसुब थपलिया, समिर तामाङ, सन्जिव बिष्ट, जिलेस्पी जंग कार्की
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि