News
मच्छिन्द्रलाई केपी ओली कपको उपाधि

काठमाडौं । दोस्रो केपी ओली कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको छ । शनिबार भएको फाइनलमा मच्छिन्द्रले नयुरोडटिम (एनआरटी) लाई टाईब्रेकरमा हराउँदै उपाधि उचाल्न सफल भएको हो ।
त्यसअघि दशरथ रंगशालामा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । टाईब्रेकरमा भने मच्छिन्द्रले एनआरटीमाथि ५–४ को जित निकाल्दै च्याम्पियन बन्न सफल भयो । विजेता बनेको मच्छिन्द्रले उपाधिसहित नगद ११ लाख हात पारेकोछ भने उपविजेता एनआरटीले ५ लाखमा चित्त बुझाएको छ ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा फागुन ११ गतेदेखि शुरु भएको प्रतियोगितामा नेपाल र भारतका गरी कुल १० टोलीहरुले सहभागिता जनाएका थिए ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै