News
उद्घाटन खेलमा भारतसँग निरीह बन्यो भुटान

काठमाडौं । शुक्रबारदेखि शुरु भएको साफ यु–१६ महिला च्याम्पियनसिपमा उपाधिको बलियो प्रत्याशी भारतले फराकिलो जितका साथ प्रतियोगिताको शुरुवात गरेको छ । च्यासल स्टेडियममा भएको उद्घाटन खेलमा भारतले भुटानमाथ ७–० को फराकिलो जित निकाल्यो ।
भारतको जितमा श्वेता रानी, पर्ल फर्नान्डेज र अनुश्का कुमारीले समान दुई–दुई गोल गरे । त्यस्तै अन्विता रघुरमनले भारतका लागि थप एक गोल गरेका थिए । भारतले लिग चरणको आफ्नो दोस्रो खेल मंगलबार बंगलादेशससँग खेल्नेछ ।
प्रतियोगिता अन्तर्गत फागुन १९ गते शनिबार आयोजक नेपालले आफ्नो पहिलो खेलका रुपमा बंगलादेशको सामना गर्दैछ । दक्षिण एसियाका चार टोलीहरु सहभागि प्रतियोगिता सिंगल राउण्ड रोबिनका आधारमा सञ्चालन हुनेछ । लिग चरणपश्चात शिर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल १० मार्चका दिन हुनेछ ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै