पहिलोपल्ट पाँचथरमा सहभागिता जनाएको बागमती युथ क्लबले जारी चौथो पाँचथर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पथरी ११ एफसीसँगको प्रतिस्पर्धामा बागमती टाइब्रेकरमा भाग्यमानी बनेको हो । फिदिम माविको खेलमैदानमा सोमबार भएको खेलमा पथरीविरुद्ध टाइब्रेकरमा ४-१ गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो ।
निर्धारित समयमा कुनै टिमबाट गोल हुन नसकेपछि खेलको छिनोफानो टाइब्रेकरबाट गरिएको हो । टाइब्रेकर बागमतीका लागि निर्मल बल, देवा गुरुङ, अनिश राना मगर र अभी लामाको प्रहार गोलमा परिणत भएको थियो । पथरीका निरोज परियाको प्रहारमात्र गोल भएको तिथयो । मन्जिल खड्का र ग्लोरीको प्रहार बागमतीका गोलरक्षक रौनक चौलागाइँले बचाउ गरेका थिए ।
टाइब्रेकरमा दुई प्रहार रोकेका बागमतीका गोलरक्षक रौनक म्यान अफ दी म्याच बन्दै नगर ५ हजार पाउन सफल भए । यस्तै, टेकनाथ काफ्ले खेलको फ्यान अफ दी म्याच बन्दा उनले नगद २ हजार ५ सय जिते ।
ए डिभिजन क्लब त्रिभुवन आर्मी फुटबलसहित ८ टोलीले सहभागिता जनाएको यो गोल्डकपको विजेताले ट्रफीसहित ५ लाख ५ हजार, दोस्रोले दुई लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
- तुम्बेवा अध्यक्ष कपमा फक्ताङलुङ,कुम्मायक र तुम्बेवा १ क्वाटर फाइनलमा प्रवेश
- उपेन्द्र निर्णायक बन्दा आयोजक कन्याटार सेमिफाइनलमा
- दोस्रो त्रिशाली गोल्डकपको उपाधिका लागि म्याङलुङ स्पोर्टिङ र रेड हर्ष एफसी इलाम भिड्ने
- तेह्रथुमको म्याङलुङ स्पोर्टिङ पॉचथरमा जारी त्रिशाली गोल्डकपको उपाधि नजिक
- पथरी एघार पॉचथरमा जारी त्रिशाली गोल्डकपको सेमिफाइनलमा प्रवेश