
काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप छनौट २०२७ को एसियाली छनौटतर्फ नेपाल र बहराईन बीच दशरथ रंगशालामा हुने भनिएको खेल हुनेबारे अन्यौलता थपिएको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले दशरथ रंगशालाको निरीक्षण गरेपछि नेपाल र बहराईन बीचको खेलबारे अन्यौलता थपिएको हो । फिफा प्रतिनिधीका रुपमा नेपाल आएका मिन्दु दोर्जेले दशरथ रंगशालाको निरीक्षण गरेका छन ।
निरिक्षणपछि दशरथ रंगशालाको अवस्था राम्रो नभएको बताइएको छ । विश्वकप र एसियन कप छनौटतर्फ नेपालले पाएको घरेलु म्याचहरु अन्य स्थानमा हुन सक्ने सम्भावना पनि छ । यसो हुँदा फिफाले नेपाललाई दिने आर्थिक सहयोग पनि थप कटौती हुने सम्भावना देखिएको छ ।
स्मरण रहोस, नेपालले फिफा विश्वकप र एएफसी एसियन कप छनौटतर्फ दोस्रो घरेलु म्याचका रुपमा बहराईनसँग आउँदो मार्च २१ तारीखका दिन दशरथ रंगशालामा खेल्ने कार्यक्रम छ ।
स्मरण रहोस, दशरथ रंगशाला राष्ट्रिय खेलकुद परिषद (राखेप) को स्वामित्वमा रहेको छ ।
- एसियाबाट फिफा विश्वकपमा सोझै छनौट हुने अष्ट्रेलिया अन्तिम टोली
- लाओससँग पहिलोपटक हार्यो नेपाल, एसियन कप छनौटको यात्रा पनि कठिन
- एसियन कप छनौट: टिमोर लिस्टेसँग माल्दिभ्स स्तब्ध
- एसियन कप छनौटः लाओसमाथि सधै हावी नेपाललाई आज उसकै घरमा चुनौति
- जोर्डन पहिलोपटक फिफा विश्वकपका लागि छनौट, दक्षिण कोरिया पनि छनौट