News
जोर्डन र लेबनान सेमिफाइनलमा

काठमाडौं । गत संस्करणका दुई फाइनलिस्ट साविक विजेता जोर्डन र उपविजेता लेबनान जारी वाफ महिला च्याम्पियनसिपतर्फ समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेका छन् ।
समूह चरणको दोस्रो खेलतर्फ लगातार दोस्रो जित हात पार्ने क्रममा जोर्डनले गुआमलाई ३–० ले हरायो भने लेबनानले आयोजक साउदी अरेबियामाथि ३–२ को जित निकाल्यो ।
यो नतिजापछि दुई खेलबाट समान ६–६ अंक जोडेका जोर्डन र लेबनान क्रमशः पहिलो र दोस्रो स्थानमा रहँदै एक खेल अघि नै समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेका छन् ।
अंकविहीन साउदी र गुआम भने क्रमशः तेस्रो र चौथो स्थानमा रहँदै समूह चरणबाटै बाहिरिएका छन् । समूह ए तर्फको अन्तिम खेलमा अब २३ फेब्रुअरीका दिन जोर्डन र लेबनान तथा गुआम र साउदी भिड्ने छन् । यी दुई खेल पश्चात समूह ए को विजेता तथा उपविजेता टोलीको टुंगो लाग्नेछ ।
Post Comments
Related News
- एएफसी महिला एसियन कप छ्नौट शुरु, मंगोलिया विरुद्ध भारतको गोलवर्षा
- क्लब विश्वकपः रिभर प्लेटको जित, इन्टर मिलान र डर्टमुन्ड रोकिए
- एसियाबाट फिफा विश्वकपमा सोझै छनौट हुने अष्ट्रेलिया अन्तिम टोली
- लाओससँग पहिलोपटक हार्यो नेपाल, एसियन कप छनौटको यात्रा पनि कठिन
- एसियन कप छनौट: टिमोर लिस्टेसँग माल्दिभ्स स्तब्ध