News
आरकेएफसी र रोहिणीको जित
चरङ्गे । आरकेएफसी र रोहिणी एफसी यहाँ जारी तेस्रो वार्ड अध्यक्ष कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
देवदह–१० स्थित चरङ्गे खेलमैदानमा भएको दिनको पहिलो खेलमा आरकेएफसीले पिवाइपीलाई शून्यका विरुद्ध १ गोलले हरायो । खेलमा आरकेएफसीका अनुज गैरे म्यान अफ द म्याच घोषित भए ।
त्यस्तै दोस्रो खेलमा रोहिणीले झरना स्पोर्टस क्लब, कुन्जलापुरलाई टाईब्रेकरमा हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि टाईब्रेकरमा रोहिणीले ४–३ को जित निकाल्यो ।
शान्ति टोल युवा परिवार, देवदह–१०, चरङ्गेको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५ हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष मोहन थापा मगरले बताए । फाइनल खेल यही फागुन ११ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने