News
एपिएफ क्वाटरफाइनलमा प्रवेश
मध्यविन्दु । विभागीय टोली एपिएफ फुटबल क्लब यहाँ जारी छैठौं राइनो संरक्षण गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मध्यविन्दु नगरपालिका(४ स्थित राइनो रंगशालामा भएको खेलमा एपिएफले बागमती प्रदेशलाई १–० ले हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको हो ।
एपिएफले अब फागुन ३ गतेका दिन हुने क्वाटरफाइनलतर्फ अर्को विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ । प्रतियोगिता अन्तर्गत फागुन २ गतेको पहिलो क्वाटरफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र सेन्ट्रल कलेज फोर ब्रदर्श एफसी बीच हुने आयोजकले जानकारी दियो ।
राइनो क्लब, मध्यविन्दु(४, नवलपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधी सहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन ९ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- गैँडाकोट खेलकुद सुधारको आवाज बुलन्द: सुदन पराजुलीको संयोजकत्वमा खेलप्रेमी युवाहरूको सामूहिक ध्यानाकर्षण
- शानदार जितसहित जनशक्ती दोस्रो जेनिथ कपको क्वाटरफाईनलमा
- गण्डकी प्रदेश पुलिसलाई प्रथम कावासोती गोल्डकपको उपाधि
- हनामी भरतपुर एफसी फाइनलमा, उपाधिका लागि गण्डकी पुलिससँग भिड्ने
- गण्डकी प्रदेश पुलिस फाइनलमा