देवीनगर । झरना स्पोर्टस क्लब, कुन्जलापुर यहाँ जारी स्व. डिम बहादुर गुरुङ स्मृति छैठौं सन्जिवनी कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको पहिलो सेमिफाइनलतर्फ झरनाले लिस्नु युवा क्लब, कोटिहवालाई टाईब्रेकरमा हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो । त्यसअघि तिलोत्तमा–१४ देवीनगर स्थित सन्जिवनी खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
निर्धारित समय मै लिस्नुले गोलको खाता खोल्ने र जित हात पार्ने सुनौलो अवसर गुमायो । दोस्रो हाफमा पाएको पेनाल्टीको अवसरलाई लिस्नुका कप्तान सुमित मल्लाहले पोष्ट बाहिर फाल्नु लिस्नुका लागि दुर्भाग्यपुर्ण बन्यो ।
टाईब्रेकरमा भने झरनाले लिस्नुमाथि ४–२ को जित निकाल्दै फाइनल प्रवेश गर्न सफल भयो । खेलमा झरनाका रोशन थापा म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत माघ २५ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल समपुर्ण युवा क्लब, सुपौली र फर्साटिकर युवा क्लब, फर्साटिकर बीच हुने खेल संयोजक खिम थापाले जानकारी दिए ।
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने