काठमाडौं । बेलका नगरपालिका–५ उदयपुरकी महिला फुटबल खेलाडी समिक्षा मगरको सबै उपचार खर्च अखिल नेपाल फुटबल संघ (एन्फा) ले बेहोर्ने भएको छ ।
एन्फाले यसअघि नै मगरको उपचारका लागि भनेर २५ हजार सहयोग गरेको थियो । यद्यपि आइतबार मात्र एन्फाका प्रवक्ता किरन राईले समिक्षाको उपचारमा लाग्ने सबै खर्च एन्फाले बेहोर्ने बताए ।
उता एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले पनि समिक्षाको उपचार खर्च एन्फाले बेहोर्ने स्पष्ट पारे । साथै उनले समिक्षाको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरे । खेलाडीको उपचार खर्चमा एन्फा गम्भिरताका साथ नलागेको भन्दै सबैतिरबाट आलोचना हुन थालेपछि प्रवक्ता राईको घोषणा बाहिर आएको हो ।
गत बैशाख १३ गते आँखामा गम्भिर चोट लागेपछि समिक्षालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । तर, त्यहाँ उनको आँखामा गम्भिर चोट लागेको भन्दै बिराटनगर स्थित आँखा अस्पताल पुराइएको थियो ।
घरायसी कामकै बेला ढुंगाले लाग्दा समिक्षाको दाँया आँखामा गम्भिर चोट पुगेको थियो । कमजोर आर्थिक अवस्था भएकी समिक्षाको परिवारलाई उनको उपचार खर्च जुटाउन गाह्रो भएपछि विभिन्न संघसंस्था, फुटबल प्रशिक्षक, राष्ट्रिय खेलाडी तथा फुटबल समर्थकहरुले पनि आर्थिक सहयोग गर्न थालेका थिए ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न