News
एसियन कपः इराक र जापान नकआउट चरणमा

काठमाडौं (एजेन्सी) । दुई पूर्व विजेता टोलीहर इराक र जापान जारी एएफसी एसियन कपतर्फ समूह डी बाट नकआउट चरणमा प्रवेश गर्ने थप दुई टोली बनेका छन् । बुधबार भएको समूह चरणको अन्तिम खेलहरुमा जापानले इण्डोनेसियालाई ३–१ ले हरायो भने इराकले भियतनाममाथि ३–२ को जित दर्ता गर्यो ।
यो नतिजापछि शतप्रतिशत नतिजा निकालेको इराक ३ खेलबाट ९ अंकका साथ शिर्ष स्थानमा रहँदै समूह विजेताका रुपमा नकआउट चरणमा प्रवेश गरेको छ । त्यस्तै ६ अंक जोडेको जापान समूह उपविजेताका रुपमा नकआउट चरणमा प्रवेश गरेको छ ।
त्यस्तै ३ अंकसहित तेस्रो स्थानमा रहेको इण्डोनेसियाको उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोलीका रुपमा नकआउट चरण प्रवेश गर्ने झिनो सम्भावना भने कायम छ । उता अंकविहीन भियतनाम पुछारमा छ र समूह चरणबाटै बाहिरिएको छ ।
Post Comments
Related News
- अल अहली पहिलोपटक एसियाली क्लब फुटबलको च्याम्पियन
- एएफसी च्याम्पियन्स लिग इलिटमा अल नासरको चुनौति पनि समाप्त, उपाधिका लागि अल अहली र कावासाकी भिड्ने
- एएफसी च्याम्पियन्स लिग इलिटः अल हिलालको चुनौति सेमिफाइनलबाटै समाप्त
- एएफसी यु–२० महिला एसियन कप छनौटतर्फ समूह ए मा नेपाल
- उज्वेकिस्तानलाई एएफसी यु–१७ एसियन कपको उपाधि