टिकुलीगढ । यहाँ जारी स्व. गंगादेवी गुरुङ स्मृति दोस्रो नव टिकुलीगढ कप खुला सेभेन ए साईड फुटबल प्रतियोगितामा झरना स्पोर्टस क्लब, कुञ्जलापुर र राधाकृष्ण फुटबल क्लब, बुटवलले जित हात पारेका छन् ।
तिलोत्तमा–१४ स्थित टिकुलीगढ माविको खेलमैदानमा भएको पहिलो खेलमा झरनाले रानीगंज युवा क्लब, बुटवललाई ३–१ ले हरायो । खेलमा झरनाका अजय थापा म्यान अफ द म्याच घोषित भए ।
दोस्रो खेलमा राधाकृष्णले सेभेन ड्रेगनलाई टाईब्रेकरमा हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलमा राधाकृष्णका बिकास थापा म्यान अफ द म्याच घोषित भए ।
आउँदो पुस २५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४४,४४४ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २२,२२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने