News
लिगलिडर बन्यो पोखरा थन्डर्स
काठमाडौं । यस सिजन उत्कृष्ट लयमा देखिएको पोखरा थन्डर्स जारी दोस्रो नेपाल सुपर लिग (एनएसएल) को लिगलिडर बन्न सफल भएको छ । मंगलबार भएको दोस्रो खेलमा पोखराले बुटवल लुम्बिनी एफसीलाई शून्यका विरुद्ध १ गोलले हराउँदै लिग टपर बन्न सफल भएको हो ।
दशरथ रंगशालामा भएको खेलमा जितका लागि भने पोखराले अन्तिमसम्म संघर्ष गर्नुपर्यो । खेलको इन्जुरी समयमा मोसेज ट्वुमले गरेको एक मात्र गोल पोखरालाई तीन अंक दिलाउन निर्णायक बन्यो । खेलमा पोखराका आयुष घलान प्लेयर अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ३० हजार र ट्रफी हात पारे ।
यो जितपछि ७ खेलबाट १४ अंक जोडेको पोखराले धनगढीलाई पछि पार्दै शिर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको धनगढी १२ अंकका साथ दोस्रो स्थानमा छ । उता पराजित भएको बुटवल ७ अंकका साथ सातौं स्थानमा झरेको छ ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न