
काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ मंगलबार प्ले अफको होडबाट बाहिरिसकेको स्र्पोटिङ इलामले तेस्रो स्थानको टोली ललितपुर सिटीको सामना गर्दा प्ले अफको होडमा रहेको बुटवल लुम्बिनी एफसीले दोस्रो स्थानको टोली पोखरा थन्डर्ससँग खेल्दैछ ।
दशरथ रंगशालामा १ बजेदेखि शुरु हुने खेलमा ७ खेलबाट ५ अंकका साथ पुछारमा रहेको इलामले लिगमा आफ्नो अन्तिम खेल्दैछ । र, ललितपुरसँगको त्यो खेललाई इलामले प्रतिष्ठाको भिडन्तका रुपमा हेरेको छ । उता ६ खेलबाट १० अंकका साथ तेस्रो स्थानमा रहेको ललितपुरलाई आज आफ्नो प्ले अफको दावेदारीता थप बलियो बनाउने अवसर पनि हुनेछ ।
त्यस्तै साँझ ५ बजेदेखि शुरु हुने खेलमा ६ खेलबाट ७ अंकका साथ छैठौं स्थानमा रहेको बुटवलको योजना पोखरा विरुद्ध आफु अनुकुल नतिजा निकाल्दै शिर्ष चारमा उक्लिनु हुनेछ । त्यस्तै ११ अंकका साथ दोस्रो स्थानमा रहेको पोखरालाई पनि शिर्ष स्थानमा उक्लिने अवसर छ । त्यसका लागि पोखराले बुटवल विरुद्ध निश्चित जित हात पार्नु पर्नेछ ।
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय