
काठमाडौं । राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा नेपाली फुटबलका सफलतम प्रशिक्षक मध्ये एक बालगोपाल महर्जन सम्मानित भएका छन् । काठमाडौं महानगरपालिकाले आफ्नो २९औं महानगर दिवसको आवसर पारी महर्जनलाई सम्मान गरेको हो ।
स्थापना दिवसको अवसर पारी महानगरले विभिन्न क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरुलाई सम्मान गरेको थियो । सोही अवसरमा नेपाली फुटबलमा महर्जनले पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै उनलाई पनि सम्मानित गरिएको हो । स्मरण रहोस, प्रशिक्षक महर्जनले हाल नेपाल सुपर लिग (एनएसएल) को टोली काठमाडौं रेजर्सको प्रशिक्षकीय जिम्मेवारी सम्हालिरहेका छन् ।
सोही अवसरमा महानगरले ओलम्पियन बैकुण्ठ मानन्धर, क्रिकेटका पूर्व कप्तान पारस खड्का, महिला बास्केटबल टिमकी कप्तान सदिना श्रेष्ठ, करातेका खेलाडी तथा प्रशिक्षक केदारेश्वरमान स्थापित र कराते खेलाडी एरिका गुरुङलाई पनि सम्मानित गरेको थियो ।
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय