News
चितवन भर्सेज बुटवलः दुवैलाई शिर्ष चारमा उक्लिने अवसर
काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) तपःृ बिहीबार राम्रो लयमा देखिएको एफसी चितवनले बुटवल लुम्बिनी फुटबल क्लबको सामना गर्दैछ । लिगमा समान १–१ जित हात पारेका चितवन र बुटवलको उद्देश्य आज शिर्ष चारभित्र उक्लिनु हुनेछ ।
३ खेलबाट १ जित, एक बराबरी र एक हारसँगै ४ अंकका साथ लिगतालिकाको पाँचौं स्थानमा रहेको चितवनलाई समान ३ खेलबाट १ जित र दुई हारका साथ ३ अंकसहित लिगतालिकाको सातौं स्थानमा रहेको बुटवलले चुनौति पेश गर्नेछ ।
आजको खेलमा निश्चित जित हात पार्ने टोलीलाई लिगतालिकाको शिर्ष चार भित्र पर्ने अवसर पनि छ । त्यसैले पनि आज दशरथ रंगशालामा साँझ ५ बजेदेखि शुरु हुने चितवन र बुटवलबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ ।
्
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न