काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को दोस्रो चरणको छनौट प्रतियोगिता अन्तर्गत नेपालले समूह चरणको शुरुवाती दुई खेल मै हार बेहोरेको छ । समूह एच मा रहेको नेपालले मंगलबार पहिलो घरेलु म्याचमा यमनसँग शून्यका विरुद्ध २ गोलले पराजित हुन पुगेको हो ।
दशरथ रंगशालमा समर्थकहरुको बलियो साथ पाएको नेपालले यमनलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोके तापनि दोस्रो हाफको अन्तिमतिर सम्हालिन सकेन । यमनका लागि ७२ र ९०औं मिनटमा मोहम्मद अल–दाहीले लगातार दुई गोल गर्दै पाहुना टोलीलाई महत्वपूर्ण जित दिलाएका थिए ।
छनौट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो आगामी खेल सन् २०२४ को मार्च २१ तारीखका दिन बहराईनसँग खेल्नेछ । छनौट प्रतियोगितातर्फ नेपालको समूहमा युएई, यमन र बहराईन सामेल छन् । नेपालले होम र अवेका आधारमा कुल ६ खेलहरु खेल्ने कार्यक्रम छ ।
स्मरणीय छ, नेपालले समूह चरणको आफ्नो पहिलो खेलमा गत साता मात्रै युएईसँग ४–० को हार बेहोरेको थियो ।
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”