News
मैत्रीपूर्ण खेलमा राष्ट्रिय फुटबल टोलीको जित
काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को दोस्रो चरणको छनौट प्रतियोगिता खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले शनिबार भएको एक मैत्रीपूर्ण खेलमा उत्कृष्ट जित हात पारेको छ ।
उत्कृष्ट जित निकाल्ने क्रममा नेपालले पहिलोपटक दोस्रो नेपाल सुपर लिग (एनएसएल) खेल्ने तयारीमा रहेको बिरगंज युनाइटेड फुटबल क्लबलाई ४–२ ले हरायो । नेपाली टोलीका लागि सन्जिव विष्टले दुई गोल गरे भने दिनेश हेन्जन र राजेश परियारले थप एक–एक गोल गरे ।
स्मरण रहोस, विश्वकप र एसियन कप छनौट अन्तर्गत समूह एचमा परेको नेपालले युएई, बहराईन र यमनसँग खेल्ने कार्यक्रम छ । नेपालले छनौट प्रतियोगिताको आफ्नो पहिलो खेल यही नोभेम्बर १६ तारीखका दिन दुबईमा युएईसँग खेल्ने कार्यक्रम छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)