News
झापा एफसीले 'ट्यालेन्ट हन्ट'को आयोजना गर्दै
झापा । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा पहिलोपटक सहभागिता जनाउन गईरहेको झापा फुटबल क्लबले ट्यालेन्ट हन्टको आयोजना गर्ने भएको छ ।
सुपर लिगमा क्षमतावान र उदीयमान स्थानीय खेलाडीहरुलाई अवसर प्रदान गर्ने उद्देश्यका साथ ट्यालेन्ट हन्टको आयोजना गर्न लागिएको क्लबले जनाएको छ ।
ट्यालेन्ट हन्ट कार्यक्रम झापा मै आयोजना हुने बताइएको छ । यद्यपि मिति र कार्यक्रम स्थलबारे भने छिटै जानकारी गराईने पनि क्लबले जानकारी दियो ।
स्मरण रहोस, आउँदो मंसिर ८ गतेदेखि शुरु हुन गईरहेको दोस्रो नेपाल सुपर लिगको तयारीका लागि अहिले झापा पनि व्यस्त छ । क्लबले केही विदेशी खेलाडीहरुलाई पनि अनुवन्ध गरिसकेको छ ।
टोलीको मुख्य प्रशिक्षकमा स्पेनका ओरिओल मोहेडानो रहेका छन् भने क्लबको मार्की खेलाडीमा नेपालका स्टार फरवार्ड अन्जन बिष्ट रहेका छन् ।
Post Comments
Related News
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा