राजारानी । रारा भेट्रान क्लब, राजारानी, धनकुटाको आयोजनामा आउँदो मंसिर ११ गतेदेखि स्व. ज्ञान बहादुर तथा बुद्धिमाया लिम्बु स्मृति प्रथम रारा भेट्रान गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता हुने भएको छ ।
चौबिसे गाउँपालिका स्थित राजारानी खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । जसअनुसार मंसिर ११ गते हुने उद्घाटन खेलमा हाम्रो धरान भेट्रान, सुनसरी र दुधे भेट्रान, झापा भिड्ने उल्लेख छ ।
प्रतियोगितामा नेपाल र भारतका गरी कुल आठ टोलीहरुको सहभागिता रहेको छ । साथै प्रतियोगिताको फाइनल खेल भने मंसिर १४ गतेका दिन हुने पनि खेलतालिकामा उल्लेख गरिएको छ ।
चौबिसे गाउँपालिका, राजारानी, धनकुटा संरक्षक रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम पनि रहेको छ ।
- छथर जोरपाटी गाउँपालिकामा दोस्रो पालिकास्तरीय अध्यक्ष कप हुँदै
- बेलबारीलाई १८औँ शहिद भीमनारायण स्मृति गोल्डकपको उपाधि
- सोलोमनको ह्याट्रिकसँगै बेलबारी एफसी भीम नारायण गोल्डकपको फाइनलमा
- आयोजक धनकुटा १८औँ भीमनारायण गोल्डकपको उपाधि नजिक
- बाबा टुन्डेको निर्णायक गोलमा बेलबारी १८औँ सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा