काठमाडौं । वनस्थली युथ सोसाईटी र महादेव युथ क्लब यहाँ जारी छैठौं नैकाप गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
बुधबार नैकाप खेलमैदानमा भएको पहिलो खेलमा वनस्थलीले बार्सा नेपाललाई २–१ ले हराउँदै क्वाटरफाइनलमा स्थान बनायो । वनस्थलीका लागि बिपन श्रेष्ठ र सुदिप सिख्राकारले गोल गरे ।
पराजित बार्सा नेपालका लागि जिनलब स्याङ्बोले गोल गरेका थिए । खेलमा वनस्थलीका गोलरक्षक एन्जल श्रेष्ठ म्यान अफ द म्याच घोषित भए ।
त्यस्तै दिनको दोस्रो खेलमा महादेव युथले भिमसेन युथ क्लबलाई ६–२ को फराकिलो अन्तरले हरायो । महादेवको जितमा निरव खड्काले ह्याट्रिक गरे भने समिर गुरुङले दुई तथा सबिन कार्कीले थप एक गोल गरे ।
पराजित भिमसेनका लागि दुवै गोल अनिल बलामीले गरे । खेलमा ह्याट्रिक गरेका महादेवका निरव खड्का म्यान अफ द म्याच घोषित भए ।
चन्द्रागिरी स्पोर्टस एकेडेमी, चन्द्रागिरी–१४, नयाँ नैकाप, काठमाडौंको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही कार्तिक २५ गतेका दिन हुनेछ ।
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि