बेलबारी । छैठौं बेलबारी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा आयोजक डाँगीहाट युथ क्लब, मोरङले विजयी शुरुवात गरेको छ । बेलबारी–११ लक्ष्मीमार्ग स्थित लक्ष्मी माविको खेलमैदानमा भएको उद्घाटन खेलमा डाँगीहाटले भोजपुर जिल्ला फुटबल संघलाई १–० ले हराउँदै विजयी शुरुवात गरेको हो ।
खेलको ६८औं मिनटमा निशान लिम्बुले गरेको एक मात्र गोल डाँगीहाटलाई जित दिलाउन निर्णायक गोल बन्यो । निर्णायक गोलकर्ता निशान नै खेलको म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे ।
यो जितसँगै डाँगीहाट सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत असोज २९ गते सोमबारको दोस्रो क्वाटरफाइनल खेल सहलेश युथ क्लब, सिराहा र युके एफसी, दार्जिलिङ भारतबीच हुने आयोजकले जानकारी दियो ।
डाँगीहाट युथ क्लब, बेलबारी–११, लक्ष्मीमार्ग, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल फाइनल खेल भने कार्तिक ४ गतेका दिन हुनेछ ।
- तेस्रो पथरी शनिश्चरे गोल्डकपको मिति घोषणा
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय