काठमाडौं । चन्द्रागिरी स्पोर्टस एकेडेमी, चन्द्रागिरी–१४, नयाँ नैकाप, काठमाडौंको आयोजनामा आइतबारदेखि शुरु भएको छैठौं नैकाप गोल्डकप नकआउट फुटबल प्रतियोगितामा क्लिन भिजन युनिटी क्लबले विजयी शुरुवात गरेको छ ।
नैकाप खेलमैदानमा भएको उद्घाटन खेलमा क्लिन भिजनले साविक विजेता तारकेश्वर युथ क्लबलाई शून्यका विरुद्ध ४ गोलले हरायो । क्लिन भिजनको जितमा साहिल केसीले दुई गोल गरे भने राजिव लोप्चन र राजु तामाङले थप एक–एक गोल गरे ।
खेलमा क्लिन भिजनका लागि दुई गोल गरेका साहिल केसी खेलको म्यान अफ द म्याच समेत चुनिए । प्रतियोगिता अन्तरगत असोज २८ गतेदेखि दुई खेलहरु हुने आयोजकले जानकारी दियो ।
आउँदो कार्तिक २५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । विधागततर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै