काठमाडौं । महान चाड बिजयादशमीको अवसर पारी बुढानीलकण्ठ युवा समाजले आयोजना गर्दै आईरहेको बुढानीलकण्ठ नगरकप फुटबल प्रतियोगिताको आठौं संस्करणलाई फ्रयाङ्कलिन एजुकेशनल कन्सल्टेन्सीले प्रथम पुरस्कार प्रायोजन गर्ने भएको छ ।
प्रतियोगिता प्रायोजनबारे दुवै पक्षबीच सम्झौता समेत भएको छ । एक कार्यक्रमको आयोजना गरि बुढानीलकण्ठ युवा समाजको तर्फबाट कार्यबाहक अध्यक्ष्य सक्सा शाह र फ्रयाङ्कलिन एजुकेशनलका उमेश खड्काले सम्झौता पत्रमा हस्ताक्षर गर्दै आदानप्रदान पनि गरे ।
यस संस्करण प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको गत संस्करण बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ५ ले जितेको थियो ।
बुढानिलकण्ठ स्कुलको खेलमैदानमा यही असोज २८ गतेदेखि शुरु हुन गईरहेको प्रतियोगितामा कुल १८ टोलीहरुले सहभागिता जनाउने पनि आयोजकले जनाएको छ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै