News
आठौं बुढानिलकण्ठ नगर कप यही असोज अन्तिम साता
काठमाडौं । बुढानिलकण्ठ युवा समाजको आयोजनामा वार्षिक रुपमा आयोजना हुँदै आएको बुढानिलण्ठ नगर कप यही असोज २८ र २९ गतेका दिन हुने भएको छ ।
बुढानिलकण्ठ स्कुलको खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको आयोजक समाजका कार्यवाहक अध्यक्ष सकशा शाहले जानकारी दिए ।
त्यस्तै यही असोज २५ गतेसम्म टिमदर्ता गर्ने टोलीहरुलाई नेपाल र लाओस बीच दशरथ रंगशालामा हुने विश्वकप छनौटको खेल हेर्न तीन थान टिकट उपलब्ध गराईने पनि आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
स्मरण रहोस, प्रतियोगिताको सातौं संस्करण बुढानिलण्ठ नगरपालिका वडा नम्बर ५ ले जितेको थियो । त्यतिबेला फाइनलमा वडा नम्बर ५ ले वडा नम्बर ९ लाई हराउँदै उपाधि जितेको थियो ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै