News
दुधेलाई बोका जुनियर कपको उपाधि
झिलझिले । सहज जितका साथ प्रथम बोका जुनियर कप नकआउट फुटबल प्रतियोगिताको उपाधि दुधे फुटबल क्लबले जितेको छ ।
शिवसताक्षी–८, झिलझिले स्थित स्थानीय खेलमैदानमा भएको उपाधि भिडन्तमा दुधेले एमएफसीलाई ३–१ ले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।
विजेता बनेको दुधेले उपाधिसहित नगद २५ हजार हात पार्यो भने उपविजेता एमएफसीले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
बोका जुनियर फुटबल क्लब, शिवसताक्षी–८, झिलझिले, झापाको आयोजनामा असोज १५ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाएका थिए ।
Post Comments
Related News
- बिर्तामोड च्यालेञ्ज कपमा उर्लाबारीको विजयी सुरुवात
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक