News
फुटसल एसियन कप छनौटः नेपालको खराब शुरुवात
काठमाडौं । शनिबारदेखि मंगोलियामा शुरु एएफसी फुटसल एसियन कप छनौटको समूह डी तर्फ नेपालले हारका साथ छनौट प्रतियोगिताको शुरुवात गरेको छ ।
मंगोलियन शहर उलानबाटोरमा भएको आफ्नो पहिलो खेलमा नेपालले बलियो दक्षिण कोरियासँग ५–१ को हार बेहोरेको हो । नेपालका लागि सुमित श्रेष्ठले एक मात्र गोल फर्काएका थिए ।
समूह डी तर्फ कै अर्को खेलमा भियतनामले आयोजक मंगोलियामाथि ६–१ को सहज जित दर्ता गर्यो ।
समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले सोमबार भियतनामको सामना गर्नेछ भने सोही दिन मंगोलियाले दक्षिण कोरियासँग प्रतिस्पर्धा गर्नेछ ।
समूहको शिर्ष दुई टोली अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी फुटसल एसियन कपका लागि छनौट हुनेछन् ।
Pic: Mongolia FA
Post Comments
Related News
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट