काठमाडौं । नेपालका नम्बर एक गोलरक्षक किरण चेम्जोङको टोली पञ्जाब एफसीले हिरो आइ लिगतर्फ मंगलबार जित नजिक पुगेर पनि बराबरीमा रोकिएको छ ।
मुम्बईमा सम्पन्न खेलमा पञ्जाबले युवा खेलाडीहरुको वर्चश्व रहेको इण्डियन एरोजसँग १–१ को बराबरीमा रोकिएको हो । खेलको छैटौं मिनटमै सन्जु प्रधानको गोलबाट पञ्जाबले खेलमा अग्रता बनाएको थियो । प्रधानको प्रहार एरोजका गोलरक्षक समिक मित्राले जोगाउन सकेनन् ।
लिगतालिकाको दोस्रो स्थानमा रहेको पञ्जाब जित नजिक समेत पुगिसकेको थियो । तर, खेलको अन्तिमतिर इन्जुरी समयमा एरोजले पेनाल्टीको अवसर पाएको थियो । जसलाई ९०+३औं मिनटमा गिवसन सिंहले बिना कुनै गल्ती गोलमा परिणत गर्दै टोलीको सम्भावित हार टारेका थिए भने पञ्जाबसँगको महत्वपूर्ण अंक समेत खोसेका थिए ।
मंगलबारको त्यो नतिजापछि १५ खेलबाट २३ अंक जोडेको पञ्जाब लिगतालिकाको दोस्रो स्थानमा यथावत छ । उता एरोज भने ९ अंकका साथ पुछारमा संघर्षरत छ । त्यस्तै एक खेल कम खेल्दै ३५ अंक जोडेको मोहन बगान शिर्ष स्थानमा रहेको छ ।
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि