काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) को नवप्रवेशी टोली बिरगंज युनाइटेड फुटबल क्लबले गोलरक्षक दिप कार्कीलाई आफ्नो मार्की खेलाडीका रुपमा सार्वजनिक गरेको छ ।
राष्ट्रिय टोलीका सदस्य समेत रहिसकेका दिपले पहिलो संस्करण पोखरा थण्डर्सका लागि खेलेका थिए । यही असोज १९ गते सुपर लिगका लागि खेलाडीहरुको लिलामी हुने भएसँगै क्लबहरुले आफ्नो मार्की खेलाडीहरुलाई पनि सार्वजनिक गरिरहेका छन् ।
साविक विजेता काठमाडौं रेजर्सले हिसुब थपलिया, झापा एफसीले अन्जन बिष्ट, एफसी चितवनले बिशाल श्रेष्ठ, ललितपुर सिटीले अनन्त तामाङ, बुटवल लुम्बिनी एफसीले एरिक बिष्ट तथा धनगढी एफसीले आशिष चौधरीलाई आफ्नो मार्की खेलाडीका रुपमा घोषणा गरिसकेको छ ।
नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा मंसिर ८ गतेदेखि शुरु हुन गईरहेको नेपाल सुपर लिगको दोस्रो संस्करणमा यसपटक कुल ९ टोलीहरुले सहभागिता जनाउँदैछन् ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै