News
जेब्रिन र अमिनुले एफसी चितवनका लागि खेल्ने
काठमाडौं । बहुप्रतिक्षित नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि घानाका दुई खेलाडी टोरिक जेब्रिन र रफिक अमिनुले एफसी चितवनका लागि खेल्ने भएका छन् ।
चितवनले बिहीबार मात्रै आफ्नो आधिकारिक पेजमार्फत यी दुई खेलाडीलाई अनुवन्ध गरेको कुरा घोषणा समेत गरेको छ । यी दुवै खेलाडीले केही महिना अघि सम्पन्न शहिद स्मारक ए डिभिजन लिगमा फ्रेण्डस क्लबका लागि खेलेका थिए ।
स्मरण रहोस, एफसी चितवनको मार्की खेलाडीमा भने अनुभवी गोलरक्षक बिशाल श्रेष्ठ अनुवन्धित भईसकेका छन् ।
नेपाल सुपर लिगको खेलाडी लिलामी यही असोज १९ गतेका दिन हुँदैछ । प्रतियोगिता भने आउँदो मंसिर ८ गतेदेखि शुरु हुने आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.ले यसअघि नै घोषणा गरिसकेको छ ।
Post Comments
Related News
- फिफाको निलम्बनले नेपाली फुटबलमा गम्भीर असरः के गर्न मिल्छ, के मिल्दैन ?
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- एन्फा महासचिव किरण राई र अध्यक्ष पंकज नेम्वाङलाई मेक्सिको जान रोक, राईले जनाए आपत्ति
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए