News
सरु चोटिल, एसियन गेम्सको बाँकी खेलहरु गुमाउने
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी महत्वपूर्ण सदस्य सरु लिम्बुले चीनमा जारी १९औं एसियाड (एसियन गेम्स) तर्फ नेपालले खेल्ने बाँकी खेलहरु गुमाउने भएकी छिन् ।
एसियन गेम्सको महिला फुटबलतर्फ समूह डी मा रहेको नेपालले शुक्रबार मात्रै आफ्नो पहिलो खेलमा भियतनामसँग २–० ले पराजित भएको थियो । सोही खेलका क्रममा सरु चोटिल भएकी हुन् ।
नेपाली टोलीको भरपर्दो मिडफिल्डरका रुपमा रहेकी सरुले लामो समय मैदान बाहिर रहनु पर्ने बताइएको छ । उनको अनुपस्थितिले नेपाललाई केही दबाब पर्ने भने निश्चित छ ।
नेपालले एसियन गेम्सतर्फ सोमबार बलियो जापानसँग खेल्नेछ । त्यस्तै समूह चरणको अन्तिम खेलमा बिहीबार बंगलादेशको सामना गर्नेछ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै