News
प्रथम जहरसिंह पौवा कप असोज तेस्रो सातादेखि
काठमाडौं । आउँदै गरेको महान चाड विजयादशमीको अवसर पारि जहरसिंह पौवा युवा क्लबको आयोजनामा आउँदो असोज १९ गतेदेखि कार्तिक ३ गतेसम्म प्रथम जहरसिंह पौवा कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
शंखरापुर–३, जहरसिंह पौगा, काठमाडौं स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क १५ हजार तोकिएको पनि आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले पनि नगद ५० हजार पाउने आयोजकले जानकारी दियो ।
त्यसैगरी विद्यागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै