News रोहितको टोली पेर्सिक पराजित
गोलनेपाल

काठमाडौं । पछिल्ला दुई खेलहरुमा जितविहीन बनेको रोहित चन्दको टोली पेर्सिक केदिरीले इण्डोनेसियन लिगतर्फ शनिबार रान्स नुसनतारा एफसी विरुद्ध ०–१ को झिनो अन्तरले हार बेहोरेको छ ।

रान्सको घरेलु मैदानमा भएको खेलको ३०औं मिनटमा पोर्चुगिज डिफेन्डर फ्रान्सिस्को परिराले गरेको एक मात्र गोल पेर्सिकलाई स्तब्ध बनाउन निर्णायक बन्यो ।

यो हारपछि ११ खेलबाट १२ अंक जोडेको पेर्सिक १३औं स्थानमा छ । उता महत्वपूर्ण जित हात पारेको रान्स भने १९ अंकका साथ तेस्रो स्थानमा छ ।

पेर्सिकले आफ्नो आगामी खेल १७ अक्टुबरका दिन रोहित चन्द कै पूर्व क्लब पेर्सिजा जकार्ता विरुद्ध खेल्ने कार्यक्रम छ ।

Post Comments