News
नेपालद्वारा इन्डोनेशिया पराजित
काठमाडौं । नेपाली फुटबल टिम कतार जारी आठौं एसियन आप्रवासी फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा बिहीबार इन्डोनेशियालाई १–२ ले हराएको नेपाल समूह ए को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।
अल अरबी स्पोर्टस क्लबमा भएको खेलमा नेपाली टोलीका लागि रोकश सापकोटा र सयन्षु भुषालले गरे । नेपालले आफूले खेलेको चार खेलमै अपराजित रहँदै कुल १३ अंक जोड्यो । नेपालले दक्षिण कोरिया, फिलिपिन्स र बंगलादेशलाई पनि हराएको थियो भने भारतसँग बराबरी खेलेको थियो ।
समूह ए बाट नेपालसँगै भारत, बंगलादेश र इन्डोनेसिया पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ । भारतको पनि समान १३ अंक भए तापनि राम्रो गोल भिन्नताका आधारमा नेपाल भन्दा भारत अघि रहन सफल भयो ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै