काठमाडौं । विभिन्न चरणको छनौट खेलहरु पश्चात नेपाली राष्ट्रिय फुटसल टोलीको बन्द प्रशिक्षणमा २५ खेलाडीहरु छानिएका छन् । चन्द्रागिरी स्थित मत्स्य रिक्रियशन सेन्टरमा आइतबारदेखि भएको छनौट कार्यक्रमबाट बन्द प्रशिक्षणका लागि २५ खेलाडीहरु छानिएका हुन् ।
नेपाली फुटसल टोलीको मुख्य प्रशिक्षक गौरव बस्नेतको प्रशिक्षकीय जिम्मेवारीमा नेपालले अक्टुबरमा हुन गईरहेको एएफसी फुटसल एसियन कपको छनौट प्रतियोगिता खेल्नेछ । प्रतियोगिताको समुह डी मा रहेको नेपालले आयोजक मंगोलियासँगै भियतनाम र दक्षिण कोरियासँग प्रतिस्पर्धा गर्नेछ ।
छनौट प्रतियोगिताको तयारी कै लागि अक्टुबर पहिलो साता नेपाली फुटसल टोली दक्षिण कोरिया जाने कार्यक्रम छ । नेपालले त्यहाँ तीन अभ्यास गर्नुका साथै स्थानीय टोलीहरुसँग मैत्रीपूर्ण म्याच पनि खेल्ने छ ।
नेपालको २५ सदस्यीय स्क्वाडः
गोलकिपर्सः सुमित आले, सागर गुरुङ, आशिष दंगल, सनम शेर्पा
फिक्सोः सुरज गुरुङ, विजय श्रेष्ठ, सरोज तामाङ, सन्जे स्याङ्तन, रुपेश क्षेत्री
आलाः रजत तिवारी, आदिल हामिद, सुमित श्रेष्ठ, अनुुज सिंह, हेमन्त गुरुङ, अमित लामा, दिपेश घले, रोशन अधिकारी, सुमन कार्की, सुजित बुढाथोकी, अशोक दर्लामी, किरन चौधरी
पिवोटः मनि लामा, रिवस मास्के, मनिष सेडाई, उज्ज्वल शाही
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि