सैनामैना । लियो क्लब अफ सालझण्डी, रुपन्देहीको आयोजनामा लियो बिक्रम स्मृति कप जिल्लास्तरीय खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
यहि फागुन २१ गतेदेखि शुरु हुन गईरहेको प्रतियोगिताको खेलहरु सैनामैना–१० सालझण्डी पानबारी स्थित स्थानीय खेलमैदानमा हुनेछन् ।
कुल १२ टोलीहरुको सहभागिता रहने अनुमान गरिएको प्रतियोगिताको टिम दर्ता शुल्क ६५०० तोकिएको छ । साथै टिम दर्ताका लागि अन्तिम मिति यहि फागुन १९ गते तोकिएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,१११ रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई पनि जनही ११,१११–११,१११ रुपैयाँ प्रदान गरिने खेल संयोजक राजु श्रेष्ठले जानकारी दिए ।
उता प्रतियोगिताको प्रचार प्रसार संयोजक रेजिन श्रेष्ठका अनुसार टिम दर्ताका लागि इच्छुक क्लबहरुले ९८११९९३४३६, ९८०७४८७२८८ र ९८४२८३३३६६ मा सम्पर्क गर्न सकिने समेत बताए ।
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने