News
फिफाद्वारा श्रीलंकामाथि लगाइएको प्रतिवन्ध फुकुवा
काठमाडौं (एजेन्सी) । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले श्रीलंकामाथि लगाएको प्रतिवन्ध सोमबार फुकुवा गरेको छ । फिफाले फुटबल श्रीलंकालाई पठाएको पत्रमा तत्काल प्रभावका बीच श्रीलंकन फुटबलमाथि लगाइएको प्रतिवन्ध फुकुवा गरिएको जनाएको छ ।
प्रतिवन्ध फुकुवा भए पनि श्रीलंकन फुटबलमाथि फिफा र एएफसीको निरन्तर निगरानी रहने पनि स्पष्ट पारेको छ । स्मरण रहोस, आन्तरिवक विवाद र तेस्रो पक्षको हस्तक्षेपका कारण फिफाले वर्षको शुरुवाततिरै २१ जनवरीका दिन श्रीलंकालाई कुनै पनि फुटबल गतिविधीमा गर्न नपाउने र सहभागि हुन नपाउने गरी प्रतिवन्ध लगाएको थियो ।
त्यस्तै लामो समयदेखि हुन नसकेको फुटबल श्रीलंकाको चुनाव आउँदो सेप्टेम्बरमा हुने तय भईसकेको छ । पछिल्लो केही वर्ष यता कमजोर बनेको श्रीलंकन फुटबललाई यही चुनावले संकटमुक्त बनाउने अनुमान पनि गरिएको छ ।
Post Comments
Related News
- अनन्त र एरिकको टोली फोर्टिस एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- जापान तेस्रोपटक एएफसी महिला एसियन कपको च्याम्पियन
- महिला एसियन कपः चीन र दक्षिण कोरिया पनि सेमिफाइनलमा
- एएफसी महिला एसियन कपः आयोजक अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टोली, विश्वकपका लागि पनि छनौट