News
यु–२० गोलरक्षक इश्वर पनि विदेश प्रस्थान

काठमाडौं । गत वर्ष भारतमा सम्पन्न साफ यु–२० च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेका प्रतिभावान गोलरक्षक इश्वर गुरुङ पनि विदेशिएका छन् । निकट स्रोतका अनुसार गुरुङ सुनिश्चित भविष्यका लागि बेलायत प्रस्थान गरेका हुन् ।
पछिल्लो समय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको विदेश पलायन हुने सूचीमा इश्वरको नाम मात्र थपिएको हो । सम्भवत उनी उच्च शिक्षा कै लागि बेलायत प्रस्थान गरे तापनि उनको अबको योजना सुनिश्चित भविष्य बनाउने नै हुनेछ ।
इश्वरले गत सिजन ए डिभिजन लिगमा जावलाखेल युथ क्लबका लागि खेलेका थिए । घरेलु फुटबलमा कलिलो उमेर मै उदाउँदा गोलरक्षक बन्ने तरखरमा रहेका इश्वरको विदेश पलायनले पनि नेपाली फुटबलको खराब भविष्य थप उदाङ्गो बनेको छ ।
Post Comments
Related News
- महिला टोलीका मुख्य प्रशिक्षक प्याट्रिकको गुनासोः “एन्फालाई योजना भन्दा राजनीतिमा बढी रुची”
- फ्रेण्डसको एकतर्फी जित, मनाङको लय जारी, शेर्पालाई सफलता
- नेपाली महिला टोली स्वदेश फिर्ता, प्रशिक्षक विल्डे स्वदेश फर्किए
- युथ लिगः संकटा, मच्छिन्द्र र पुलिसको जित
- एन्फा यु-१६ युथ लिग शुरु, मनाङ र आर्मीको विजयी शुरुवात