
काठमाडौं । एक पछि अर्को नेपालका अन्तर्राष्ट्रिय खेलाडीहरु विदेश पलायन भईरहँदा त्यही सूचीमा बिहीबार थप तीन खेलाडीहरु थपिएका छन् । राष्ट्रिय फुटबल टोलीका भरपर्दा मिडफिल्डर पुजन उपरकोटी, डिफेन्डर निशान खड्का र रवि पासवानले पनि अष्ट्रेलियालाई आफ्नो गन्तव्य बनाएका छन् ।
केही दिन अघि मात्र नेपाली फुटबलका आशा लाग्दा फरवार्ड दिपकराज सिंह ठकुरी अष्ट्रेलिया पुगेका थिए । त्यसो त अहिले नेपालका अधिकांक अन्तर्राष्ट्रिय खेलाडीहरु अष्ट्रेलिया पुगिसकेका छन् । जसमा सुजल श्रेष्ठ, रजिन धिमाल, दिनेश राजवंशी, तेज तामाङ, सन्तोष तामाङ, नितिन थापा, राजन गुरुङ, कमल थापा, सुनिल बल लगायत धेरै छन् ।
पछिल्लो समय घरेलु फुटबलमा नेखिएको नैराश्यता र फुटबलमा भविष्य अनिश्चित देखिएपछि धेरैजसो खेलाडीहरुले विदेश पलायनको बाटो रोजीरहेका छन् । त्यसमा धेरै खेलाडीहरुको रोजाई अष्ट्रेलिया बने तापनि अन्य देश पलायन हुने खेलाडीहरुको सूची पनि लामो बन्दैछ र यो क्रम निरन्तर जारी रहने देखिएको छ ।
- महिला टोलीका मुख्य प्रशिक्षक प्याट्रिकको गुनासोः “एन्फालाई योजना भन्दा राजनीतिमा बढी रुची”
- फ्रेण्डसको एकतर्फी जित, मनाङको लय जारी, शेर्पालाई सफलता
- नेपाली महिला टोली स्वदेश फिर्ता, प्रशिक्षक विल्डे स्वदेश फर्किए
- युथ लिगः संकटा, मच्छिन्द्र र पुलिसको जित
- एन्फा यु-१६ युथ लिग शुरु, मनाङ र आर्मीको विजयी शुरुवात