News
यु–१३ अन्तरविद्यालय फुटसल हुने
काठमाडौं । आउँदो साउन १९ र २० गतेका दिन प्रथम नाम्स यु–१३ अन्तरविद्यालय फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि साउन १५ गतेसम्म टिमदर्ता खुला गरिएको पनि आयोजकले जनाएको छ ।
त्यस्तै टिमदर्ता शुल्क ५ हजार तोकिएको छ । आयोजकका अनुसार प्रतियोगिताको खेलतालिका साउन १७ गते प्रकाशित गरिनेछ । साथै प्रतियोगितामा सिमित संख्यामा टोलीहरुको सहभागि गराईने पनि आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० हजार हात पार्नेछ भने उपविजेताले ५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
Post Comments
Related News
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि